राजनीति

नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौंः गगन

६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् पुर्वमन्त्री गगन कुमार थापाले नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्पतिलाई बिदा गरौं भन्ने प्रस्ताव गरेका छन् । उनले आज २१ घण्टाको समय दिएर प्रधानमन्त्री निर्बाचनका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले समयसीमा तोकेपछि नेता थापाले उक्त आक्रोस पोखेका हुन् ।
विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? भन्ने प्रश्न गर्दै जानेरै गरेको होसमेत भनेका छन् । उनले गनगन गरेर नबसौं भन्दै सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाऔं भनेका छन् ।

गगनको स्तटाटस्ः विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो। गनगन गरेर नबसौं।
सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं, महाअभियोग लगाएर राष्ट्पतिलाई बिदा गरौं।