सामाजिक सञ्जाल

लोकतन्त्रबादी चुप लागेर नबसौं : धनराज गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लोकतन्त्रवादीहरु ताली बजाएर नबस्न आग्रह गरेका छन्। गुरुङ्ले राष्ट्रपति र प्रधानमन्त्रीको षडयन्त्र संबिधान च्यातच्युत पार्ने, सिंहासनमा बसिरहने रहेकोआरोप लगाएका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “राप र प्र.म.को षडयन्त्र: कहिल्यै चुनाव नगराउने। संबिधान च्यातच्युत पार्ने,सिंहासनमा बसिरहने।
देशमा अब न लोकतन्त्र न चुनाव! न रहेगा बाँस न बजेगी बाँसुरी!
निर्वस्त्र बनेका प्र.म.को लाज छोप्न रापले आफ्नै वस्त्र फुकालेर दिंदा दुवै निर्वस्त्र बने।
लोकतन्त्रवादीहरु ताली बजाएर नबसौं।”