सामाजिक सञ्जाल

लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिऊॅ : डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद, संविधान, लोकतन्त्रको रक्षा गर्न सबैले आवस्यक त्याग/बलिदान गर्न आग्रह अगरेका छन्। भट्टराईले लौरो उभ्याएर भए पनि ७६(५)को वैकल्पिक सरकार दिऊॅ भन्दै आग्रह गरेका छन्।

उनले सामाजिक संजालमा लेख्दै बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्ने बताएका छन्।

उनले लेखेका छन्, “संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो!जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्याग/बलिदान गरौं।लौरो उभ्याएर भए पनि७६(५)को वैकल्पिक सरकार दिऊॅ!आजै गरौं,अहिल्यै गरौं! बिपी/पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान/लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ!”