सामाजिक सञ्जाल

संबिधान र अध्यादेशका प्रावधानसँगै राखेर तुलना गर्न गोकुल बास्कोटाको आग्रह

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संबिधान र अध्यादेशका प्रावधान सँगै राखेर तुलना गर्न आग्रह गरेर मात्र नागरिकता संबन्धी बहस गर्दा आग्रह बाहेकको बहस गर्न सजिलो हुने बताएका छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “संबिधान र अध्यादेशका प्रावधान सँगै राखेर तुलना गरौ अनि मात्र नागरिकता संबन्धी बहस गर्दा आग्रह बाहेकको बहस गर्न सजिलो होला नत्र फ्याक्ट फाईण्डिङ्ग होईन फोस्रो बौध्दिक विलासीतामा रमाउन पुगिन्छ।तर टाट राष्ट्रवादीले नथाकुञ्जेल वहस गरेकै ठिक।”