सामाजिक सञ्जाल

नागरिकता विधेयक राष्ट्रहित विपरीत : अध्यक्ष कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकता विधेयक संसदमा विचाराधिन रहेको र सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बिच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गरेका छन्।

उनले राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनपर्ने बताएका छन्। उनले सामाजिक संजालमा लेखेका छन्, “नागरिकता विधेयक संसदमा विचाराधिन छ।तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो सम्वेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बिच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछु।यो राष्ट्रहित विपरित र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ।”