राजनीति

शेरबहादुरजीलाई लोकतन्त्र बचाउनका लागि काँग्रेसले प्रधानमन्त्रीमा सिफारिस गरेको होः डा कोईराला

१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले कोरोना संक्रमण भएमा धेरे आत्तिहाल्न नहुने बताएका छन् । उनले कोरोना खोप सबै नेपालीलाई निःशुल्क गर्नुपर्ने बताउँदै आर्थिक रुपमा सक्षम नागरिकले आफैं खोपको पैसा तिर्ने बताए । उनले देशमा राजनीतिक संकट आएको बताउँदै सरकार र प्रधानमन्त्री र राष्ट्रपतिले कुनै कुरा पनि बाँकी नराखेर गरेको गलत कामको बिरोध गर्न जुम बैठक गर्नुपर्ने बाधयता भएको बताए ।
डा कोईरालाले माननीय साँसद शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न १४९ साँसदको हस्ताक्षरसहित राष्ट्रपति बिद्यादेवी भण्डारीलाई दिएपनि बहुमत दिएका देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको बताए । उनले देउवालाई प्रधानमनत्री बनाउन काँग्रेसले लोकतन्त्र बचाउनका लागि प्रयास गरेको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले दुईवटा गल्ती गरेको बताए ।
लोकतन्त्र संबाद कार्यक्रमको जुम बैठकमा प्रमुख अतिथी रहेका डा कोईरालाले राष्ट्पतिले जालझेल गरेर दुईवटैको (देउवा र ओली) प्रधानमन्त्रीको दाबी पुग्दैन भनेकाले आजको यो अवस्था श्रृजना गरेको बताए । डा कोईरालाले प्रधानमन्त्रीले सुरुको कालदेखी नै सत्ता कब्जा गर्ने रणनीतिमा रहेको बताउँदै, सम्पती शुद्धिकरण, अख्तियार, राजश्व अनुसंधानलगायतका संस्था आफ्नो हातमा लिनु उक्त दृष्टान्त भएको बताए ।
डा कोईरालाले जसपाका केही मुद्धाहरुमा ओलअीकको सहयोग पाएका कारण ओलीको मतियार भएर केही समूह हिँडेको बताए । उनले प्रधानमन्त्री ओलीले निर्बाचन गराए उक्त निर्बाचन निस्पक्ष हुन नसक्ने ठोकुवा गर्दै प्रधानमन्त्री संसदमा नजानु संसदप्रति बिश्वास नभएर भएको बताए ।
डा कोईरालाले २६ लाख ७० हजार ०६२/६३ मा नागरीकता बिहीन भएको बताउँदै १३ लाख पहाडमा र १२ लाख मधेशमा नागरीकता बितरण भएको स्मरण गराए । बाँकी १ लाख ७० हजारका सन्तानलाई नागरिकता दिन जरुरी भएको बताए । यो सरकारले स्वतन्त्र र निश्पक्ष निर्बाचन गर्न नसक्ने भन्दै सभापति देउवाको नेतृत्वमा ५ दल सर्बोच्च अदालत आज रिट निबेदन गएको बताए । उनले कात्तिक २६ र मंसिर ६ मा निर्बाचन घोषणा भएको र काँग्रेसको १४ औं महाधिवेशन भदौभित्र गर्नुपर्ने बाध्यता भएको भन्दै त्यसका लागि होमवर्क गर्नुपर्ने बताए ।
उनले १३ औं माहाधिवेशनका प्रतिनिधिले मतदान गर्नेगरीबिबाद नभएका जिल्लाहरुमा सहमती गर्दा राम्रो हुने भन्दै प्रदेश र प्रतिनिधि सभाका क्षेत्रमा निर्बाचन गर्दै अगाडी बढ्न सकिने दाबी गरे । उनले २०१४ सालसम्मको काँग्रेसको अधिवेशन जिल्ला जिल्लामा भएको, पत्रकार माहासंघको अधिवेशन दृष्टान्त भएको बताए ।