१० जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिबिबिगलत भएको बताए । काँग्रेसलाई कम्युनिष्ट पार्टीको र जनता समाजबादीको फुटका कारण काँग्रेसलाई फाईदै फाईदा हुने भएपनि त्यसमा काँग्रेसले खुशी हुनुपर्ने अवस्था नभएको बताए ।
नेता थापाले आज सर्बोच्च अदालतमा १४६ जना साँसदले सर्बोच्च अदालतमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन रिट निबेदन दिएको भन्दै ५४ प्रतिशत साँसदको हस्ताक्षरमा सर्बोच्च अदालत गएको बताए । उनले लोकतान्त्रीक संबाद जुम कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले जबरजस्ती जे पायो उही बोलेर आफ्नो कुरा स्थापीत गराउने रणनीतिमा लागेको बताए ।
उनले सरकारको दावा गर्नुपर्ने बाध्यता तेरै नआएको भन्दै पछिल्लो समयमा राजनीतिक धु्रबिकरण बढ्दै गएको बताए । नेता थापाले अयोग्य र अंहंकारीका पक्षमा उभिने कि सत्यका पक्षमा उभिने भन्ने छुट्यानुपर्ने बताए । उनले माहामारीबाट प्रताडीत भएका नागरीकलाई जनताले सामना गरिरहेका बिषयमा सभापति शेरबहादुर देउवाले बोल्नुपर्ने र सबैको काम पार्टीले छुट्याउनुपर्ने बताए ।
उनले माहामारीका कारण काँग्रेस माहाधिवेशन अझै कम्तिमा एक महिना लकडाउन नखुल्ने देखिएका कारण त्यसको बिकल्प खोज्नुपर्ने बताए । आफुले निर्बाचन क्षेत्रमा हेर्दा १६ लाख मानिसले रोजगारी गुमाएको अवस्थामा मान्छे निरास भएको र आक्रोश बदलिएमा बिष्फोट हुनसक्ने बताए । नेता थापाले यस समयमा सरकारलाई सबैले आफ्नो ठाउँबाट दबाब दिनुपर्ने बताए । उनले संसदमा बिचाराधिन रहेको नागरिकता बिधेयकको बिषयमा काँग्रेसले स्पष्ट रुपमा बिरोध गरेको बताउँदै त्यसबेला केपी शर्मँ ओलीले नै बिरोध गरेको बताए । उनले तेही ओलीले त्यसबेला नागरिकताको बिरोध गर्ने फेरि उनले नै सत्ता टिकाउनका लागि नागरिकता बिधेयकसँग साट्ने गलत भएको बताए ।
गगन थापाले प्रधानमन्त्री ओलीको नियतमाथी प्रश्न उठेको भन्दै त्यसका लागि काँग्रेसले प्रतिबाद गर्ने बताए । आजको लोकतान्त्रीक सम्बाद जुम कार्यक्रममा महत्वपूर्ण वक्ता रहेका नेता थापा, बरिष्ठ केन्द्रीय सदस्य डा शेखर कोईराला, दर्जनौ काँग्रेस जिल्ला सभापति, ५० भन्दा बढी काठमाण्डौस्थीत जिल्ला सम्पर्कसमितिका सभापति तथा पदाधिकारीहरुको उपस्थितिमा उक्त कुरा बताएका हुन् ।





