राजनीति

नेता रावलले हटाए नागरिकतासम्बन्धी ट्वीट, यस्तो थियो हटाईएको ट्वीट

भीम रावल

११ जेठ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूले राखेको १० जेठको ट्वीट हटाएका छन् । उनले बिरगंजमा नागरीकता बाँढ्नेको भीड बढ्यो भन्दै राखेको ट्वीट हटाएका हुन् । उनले ट्वीट हटाएको भनेर नै हटाएका हुन् ।

नो रावलले ट्वीट हटाएपछि राखेको ट्वीटः मैले विरगंजमा नागरिकता लिनेको भीड देखियो भन्ने समाचार आयो सरकारले जनतालाई जवाफ देओस् भनेर सोध्नु कुनै गलत कुरा होइन ।सरकारले प्रष्ट पारे भइहाल्यो। तर उक्त समाचार पुरानो भनी ध्यान आकर्षित गराउनु हुने सबैलाई धन्यवाद दिदै मेरो त्यो ट्वीट हटाउने जानकारी गराउँछु।

यस्तो लेखेका थिए रावलले ट्वीट समाचारसहित

 

रावलको अपीलःविरगंजमा नागरिकता लिनेको भिड छ, देशभक्त राष्ट्र जोगाउन सक्रिय बनौं