११ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा लिा संग्रौलाले नागरिकता सम्बन्धि ऐन यस भन्दा अगाडी नै नेपाली काङ्ग्रेसको नेतृत्वको सरकारले बिधेयककै रुपमा संसद मा प्रस्तुत गरेको दाबी गरेकी छन् । उनले तत्कालीन नेकपा अध्यक्ष केपि ओलिले अनेक खालका बखडा झिकेर संसदबाट ऐनको रुपमा पारित हुन नदिएको बताउँदै अहिले आएर नेपाल नागरिकता (पहिलो संसोधन)अध्यादेश २०७८रास्ट्रपतिबाट जारी गरिएको बताएकी छन् ।
उनले यो अध्यादेश विधि र पद्धतिलाई मिचेर स्वेच्छाचारी ढंगले ल्याइएको भन्दै नागरिकताको बिधेयक राज्य ब्यबस्था तथा शुसासन समितिमा छलफल गरेर प्रतिबेदन सहित पारित गर्न तयारी अबस्थामा भएको दाबी गरेकी छन् ।
डा संग्रौलाले प्रतिकृया दिईन्, ‘यसमा केपि ओलिको सत्तामोह भन्दा अरु केहि पनि देखिएन । नागरिकको नागरिकता अधिकारलाई सत्ता राजनीतिको दाउपेज बनाउनु ओलिको नियती नै देखिएको छ।’
उनले ‘पहिले बिरोध गरि नागरिकता ऐन ल्याउन नदिने अहिले आफ्नो सत्तास्वार्थको लागि जे पनि गर्न तम्तयार हुने। आफैं धामी आफै बोक्सी प्रबृत्तिमा रहेको ओलि सरकारको यो नौटङकि अध्यादेशले विवाद समाधान गर्ला ?’ भन्ने प्रश्न गरेकी छन् । उनले आउँदा दिनको पर्खाइमा रहेको बताएकी छन् ।





