राजनीति

अनेकौं जालझेल/प्रपंचले सत्ता लम्ब्याउने खेलमा ओली र बिद्या लाग्नु भस्मासुरे प्रबृत्तिः नेतृ डा संग्रौला

१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् नेतृ डा डिला संग्रौलाले संसदको बिश्वास गुमाएको ओलि सरकार संसदीय प्रजातान्त्रिक परिपाटीमा १ मिनेट पनि सत्तामा बस्ने अधिकार रहन्न भन्ने दाबी गरेकी छन् ।
उनले आफ्नो स्वार्थका लागि अनेकौं जालझेल र प्रपन्च जड्दै जनतालाई धम्क्याएर, तर्साएर प्रजातान्त्रिक हक अधिकारका कुरालाई भाजकुज गरेर सत्ता लम्ब्याउने खेलमा लाग्नु भस्मासुरे प्रबृत्तिको परिचायक भएको टिप्पणी गर्दै यसले आफू लगायत सबैको नाश गर्ने बताएकी छन् ।
डा संग्रौलाले प्रधानमन्त्री ओली र रास्ट्रपति भण्डारी त्यही बाटोमा लागेको बताउँदै जनता, राजनीतिक दलहरू, बुद्धिजीवीहरु संविधान र प्रजातान्त्रिक अधिकारको रक्षाको लागि स्वतः चनाखो हुनुपर्ने अवस्था आएको भन्दै धयानाकर्षण गराएकी छन्।
उनले यस्तो विकट अबस्थामा सबैको आशाको केन्द्र संविधानको अन्तिम ब्याख्याता सम्मानित सर्बोच्च अदालतले संविधानमा प्रत्याभूत भएका अधिकारहरु नेपाली जनताले अक्षुण रुपले उपभोग गर्न पाउने गरि गर्ने छ भन्ने आशा लिएर सर्बोच्च तिर सबैका नजर लागेको उनको भनाई छ । डा संग्रौलाले महामारीबाट जनतामा आएको महासंकट र संबिधान र लोकतान्त्रिक मूल्य मान्यता धरापमा परेको अबस्थालाई हामी सबै नेपाली जनता एक जुट भै असम्बैधानिक सरकारलाई नांगेझार पारौं, महामारीबाट बचौं र अरुलाई पनि बचाऔंभन्दै अपील गरेकी छन्् ।