राजनीति

कोरोना रोकथाम/नियन्त्रण/उपचारबारे काँग्रेसको १५ बुंदे सुझावमा सरकारले एकरतिपनि ध्यान दिएनः काँग्रेस

१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले सरकारले आफुहरुले बुझाएका १५ बुंदे कोरोना नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी सुझावलाई बेवास्ता गरेको बताएका छन् । सहमाहामन्त्री डा प्रकाशसरण महतले सरकारले कोरोना माहामारीका कारण लागेको निशेधाज्ञाले निम्न आय भएका तथा श्रमिकलाई जीवन चलाउन नै समस्या भईरहेका बेला फेरि एक हप्ताका लागि खाद्यान्न गरीद गर्न भनेको भन्दै उक्त कार्य गलत भएको बताएका छन् ।
काँग्रेस सरकार बिरुद्धमा राजनीतिक र कानूनी लडाईँ लड्ने बताउँदै सरकारले कोरोना माहामारीको नाममा नेपाली जनतामा आतंक श्रृजना गर्दै राजनीतिक स्वार्थ पुरा गर्ने रणन्ीतिमा भएको बताएका छन् । १४ गतेबाट २० गतेसम्म काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निशेधाज्ञाको समय थप्दै अझ कडा गरेका छन् भने उनीहरुले एक हप्ताका लागि खाद्यान्न खरीद गर्न जनतालाई आग्रह गरेका छन् । काँग्रेस उक्त प्रमुख जिल्ला अधिकारीको निर्णयमा आक्रोशित भएको छ ।