सामाजिक सञ्जाल

संवैधानिक मर्यादाको निरन्तर/निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजीको नियुक्ति देखिकैः नेता केसी

२१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संवैधानिक मर्यादाको निरन्तर र निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजीको नियुक्ति देखिकै भएको बताएका छन् । उनले प्रधानमन्त्रीले शुक्रबार गरेको मन्त्रीपरिषद बिस्तार एबम् पुनःगठनमा प्रतिकृया दिँदै उक्त कुरा बताएका हुन् ।
पुर्वमन्त्रीसमेत रहेका काँग्रेस नेता केसीले कामचलाउ, निर्वाचन घोषणा गरेको र संवैधानिक प्रश्नको न्यायिक निरूपणको अवस्थामा रहेका प्रमले मन्त्रिमण्डल पुनर्गठन गर्नुले लोकतंत्र र संविधानको खिल्ली उडाउदै, लोकतंत्रको अलौकिक परम्परा कायम गरेकोे दाबी गरेका छन् ।
नेता केसीले ट्वीटमा भनेका छन्, ‘संवैधानिक मर्यादाको निरन्तर र निर्लज्ज शृंखलाबद्ध आक्रमण ओलीजीको नियुक्ति देखिकै हो। कामचलाउ, निर्वाचन घोषणा गरेको र संवैधानिक प्रश्नको न्यायिक निरूपणको अवस्थामा रहेका प्रमले मन्त्रिमण्डल पुनर्गठन गर्नुले लोकतंत्र र संविधानको खिल्ली उडाउदै, लोकतंत्रको अलौकिक परम्परा कायम गरेका छन्।’