सामाजिक सञ्जाल

ओली र ठाकुरको सहयात्रा तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलनः घिमिरे

२२ जेठ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले मन्त्रिपरिषदको पुनर्गठन वर्तमान सत्ताको अन्त्येष्टिका लागि थपिएको मलामीको बगाल मात्र भएको बताएका छन् । उनले सामाजिक संजालमा स्टाटस् लेख्दै पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने र तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन भएको दाबी गरेका छन् ।
नेता घिमिरेले संविधानलाई कोमामा पुर्याएर, संसद मासेर,राजनीतिक प्रणालीको वद्नाम गराएर अन्तिम सास फेरिरहेको अवैध सत्ता यस मन्त्रिपरिषद पुनर्गठनको एन्टिबायोटिकले जोगिने छैन भनेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र राजपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोबीचको सहयात्रा तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन भएको बताएका हुन् ।
नेता घिमिरेको सटाटस् : मन्त्रिपरिषदको पुनर्गठन वर्तमान सत्ताको अन्त्येष्टिका लागि थपिएको मलामीको बगाल मात्र हो। पहाडमा बसेर तराई मधेसलाई गाली गर्ने र तराईमा बसेर पहाडलाई धारेहात लगाउने अतिवादीहरुको हाँस्यास्पद मिलन हो। संविधानलाई कोमामा पुर्याएर, संसद मासेर,राजनीतिक प्रणालीको वद्नाम गराएर अन्तिम सास फेरिरहेको अवैध सत्ता यस मन्त्रिपरिषद पुनर्गठनको एन्टिबायोटिकले जोगिने छैन।