पु.समाचार

माधव नेपाल समूहले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ । आइतवार राति ओलीले ससर्त पार्टीलाई जेठ ३ अगाडिको अवस्थामा फर्काउने निर्णय लिएपछि खनाल–नेपाल पक्षले सोमबार बिहान ११ बजेलाई भर्चुअल बैठक बोलाएको हो ।

स्रोतका अनुसारनेपाल समूहले ओलीको वक्तव्यबारे औपचारिक धारणा सार्वजनिक गर्ने बैठक बोलाइएको हो।