राजनीति

केपीलाई मार्ने षढ्यन्त्र गर्ने काँग्रेसका नरोत्तमलाई पक्राउ नगरे अप्रीय घटना हुनसक्छः महेश बस्नेत

महेश बस्नेत

२९ जेठ, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? भन्दै प्रश्न गरेका छन् । उनले गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेको सन्दर्भ जोड्दै काँग्रेस प्रदेश सभा साँसद तथा उपत्यकाका नेता नरोत्तम बैद्यलाई तत्काल पक्राउ गर्न आग्रह गरेका छन् ।
भक्तपुरमाट निर्बाति प्रतिनिधि सभा साँसद तथा पुर्वमन्त्री बस्नेतले बैद्यलाई पक्राउ नगरे जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिरोध गर्न सक्ने भन्दै त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुन साँकेतिक रुपमा चेतावन दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौं समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन् भनेका छन् ।
उनले मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन् भन्दै आक्रोश पोखेका छन्। काँग्रेस नेता नरोत्तम बैद्यले प्धानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारितालाई रोक्न नाथुराम गोड्से बन्न आफु तयार रहेको एक कार्यक्रममा बताएपछि ोली निकट एमाले युवा नेता तथा साासदद बस्नेत बैद्यबिरुद्ध आक्रोशित भएका हुन् ।

बस्नेतको स्टाटस्ः माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र कांग्रेसले बनाएको हो त ? गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु भनेर कांग्रेसको नरोत्तम बैद्यले प्रदेश शभामा खुल्लम खुल्ला बोलिरहेका छन्। यो मान्छेलाई तुरुन्त पक्राउ गरेर सरकारले कारबाही गर्नु पर्दछ। अन्यथा जनताको आक्रोश प्रकट भएर यस्ता ब्यक्तीलाई सडकमै प्रतिरोध गर्न सक्छन। त्यस्तो अप्रीय घटना घटनु भन्दा अगाडी सरकार सचेत हुनु पर्दछ। के पी ओलीलाई मार्ने योजना बनाईरहदा याद गर उहाँको लागि मर्न र मार्न तयार भएका हजारौ समर्थक र शुभचिन्तक आफ्नो ज्यान दिन तयार छन । मदन भण्डारीको रहस्यमय हत्याबाट प्रताडित जनसमुदाय र एमाले कार्यकर्ता आफ्नो नेताको रक्षा गर्न जे गर्न पनि तयार छन।