२९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले प्रधाानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक कदम चाल्ने कार्यले सीमा नाघेको भन्दै आवश्यक परे आफू नाथुराम बन्न तयार रहेको अभिब्यक्तीमा क्षमा माग्दै अभिब्यक्ती फिर्ता लिन काँग्रेसले निर्देशन दिने बताएका छन् ।
प्रवक्ता शर्माले ट्वीटमार्फत भनेका छन्, ‘सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न ! शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ’
नेता शर्माले तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन भन्दै अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने तर्क गरेका छन् । बाग्मीत प्रदेश साँसद नरोत्तम बैद्यले बोलेको बिषयमा सामाजिक सञ्जालमा बिभिन्न टिकाटिप्पणी भईरहेका छन् ।
प्रवक्ता शर्माको ट्वीटः सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न ! आवेगको बोलि र ब्यवहार ञभावनात्मक उत्तेजनाझ भनेर उन्मुक्ति हुन्न !शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ ‘तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन !
अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइनि






