विशेष

पूर्व प्रधानमन्त्रीहरुको बक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्रः लिंग्देन

३० जेठ, काठमाडौं । राप्रपाका नेता तथा निबर्तमान साँसद राजेन्द्र लिंदेनले आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप नहोस भन्ने पूर्व प्रधानमन्त्रीहरुको बक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र होकी ? भन्ने प्रश्न गरेका छन् ।
नेता लिंदेनले ट्वीट गर्दै शनिबार आएको नेपाली काँग्रेसका सभापति एबम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल, जसपा अध्यक्ष एबम् पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, माओबादी केन्द्रका अध्यक्ष एबम् पुर्व प्रधानमन्त्री पुष्पकमल दहालले निकालेर संयुक्त बिज्ञप्तीमाथी प्रतिकृया दिँदै उक्त प्रतिकृया दिएका हुन् ।
नेता लिंदेनले बैदेशिक हस्तक्षेप आमन्त्रणमा बिगतमा निर्वाह गरिएको भूमिका र विदेशीहरूले दिएको मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ? भन्दै पुर्व प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् । 
नेता लिंग्देन राजसंस्था र हिन्दु राज्यको माग गर्दै आइरहेका राप्रपाका प्रभावशाली नेता हुन् । उनको संकेत पनि राजसंस्था र हिन्दू राज्य हटाउनु बिदेशीको इशारामा रहेको र उक्त कार्य गलत भएको महशुस गरेको हो र ? भन्ने तर्फ देखिन्छ ।

उनको ट्वीटः आन्तरिक राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप नहोस भन्ने पूर्व प्रधानमन्त्रीहरुको बक्तव्य लामो समय सत्ता बाहिर बस्नु पर्दाको औडाहा मात्र होकी ?
बैदेशिक हस्तक्षेप आमन्त्रणमा बिगतमा निर्वाह गरिएको भूमिका र विदेशीहरूले दिएको मार्ग चित्रको यात्रा गलत भएछ भन्ने सामुहिक आत्मवोध पनि हो ?