सामाजिक सञ्जाल

तीन उदाहरणसहित धनराजको दाबी: प्रधानमन्त्रीका सयौं अभिव्यक्ति असभ्य/असंस्कृत/भद्दा

८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले प्रधानमन्त्रीज्युको यस्ता सयौं अभिव्यक्तिहरु असभ्य, असंस्कृत, भद्दा भएको टिप्पणी गरेका छन् । 

उनले केही पहिलेका र अहिलेका गरी प्रधानमन्त्री केपी शर्मा ओलीका तीन भनाईहरुलाई उदाहरण दिँदै प्रधानमन्त्री ओलीका अभिब्यक्तीको आलोचना गरेका छन् ।
प्रधानमन्त्रीज्युको यस्ता सयौं अभिव्यक्तिहरु असभ्य, असंस्कृत, भद्दा हुन् कि हैनन् ? भन्दै उदाहरणसहित कडा प्रश्न गरेका छन् । 

नेता गुरुगंले भनेका छन्ः
‘हामी दुनियाँका सबभन्दा असभ्य, असंस्कृत, भद्दा अभिव्यक्ति दिनेमा पर्छौं’- प्रधानमन्त्री ओली।
प्रधानमन्त्रीज्यु!
‘दिनदिनै गाडी पल्टिएको छ, यो अलछिना सरकार’ प्रतिपक्षमा हुँदा हजुरकै अभिव्यक्ति!
हजुरले सपथ खाँदा ‘त्यो पर्दैन’
प्रधानमन्त्रीज्युको यस्ता सयौं अभिव्यक्तिहरु असभ्य, असंस्कृत, भद्दा हुन् कि हैनन् ?