राजनीति

हिन्दू धर्म, राजसंस्था पुनस्थापना र संघीयता खारेजीको माग बढ्नु सकारात्मकः अध्यक्ष थापा

११ साउन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले संघीयताको खारेजी, धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक भएको टिप्पणी गरेका छन् ।
उनले विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दैजानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ भन्ने उनको भनाई छ ।
विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पछिल्ला दिनमा संघीयता खारेजीको प्रस्ताव गरेका छन् भने सर्बसाधारण तथा सामान्य नागरीकलेसमेत संघीयताको बिरोध गरिरहेका छन् । यसै अवस्थामा अध्यक्ष थापाले बिबतदेखी उठाउँदै गरेको राजसँस्था पुनःस्थापना, संघीयता खारेजीको बिषयमा बोलेका हुन् ।
अध्यक्ष थापाको ट्वीटः संघीयताको खारेजी, धर्मनिरपेक्षतावारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठीरहेको आवाज सकारात्मक छ। विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दैजानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो।हामी सही बाटोमा छौँ, प्रमाणित हुँदैछ