राजनीति

पछिल्लो समय संघीयता/गणतन्त्र/धर्मनिरपेक्षताका बिरुद्धमा आवाज उठ्न थाल्नु खुसीको कुराः नेता लिंदेन

११ साउन, काठमाडौं । राप्रपा नेता राजेन्द्र लिंदेनले असाध्यै कष्टकर समयमा राप्रपाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विपक्षमा उठाएको आवाजमा व्यापक स्वीकार्यता बढ्दै जानु हामी सबैका लागि खुसीको कुरा भएको बताएका छन् ।
उनले ट्वीट गर्दै सबैखाले आग्रह पूर्वाग्रहलाई त्यागेर समान बिचारका सबै ब्यक्ति, समूह, संस्था र दल एक ठाउँ उभिएर देशलाई विकल्प दिनु आजको आवश्यकता भएको दाबी नेता लिंदेनको छ ।
उनको ट्वीटः असाध्यै कष्टकर समयमा राप्रपाले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका विपक्षमा उठाएको आवाजमा व्यापक स्वीकार्यता बढ्दै जानु हामी सबैका लागि खुसीको कुरा हो। सबैखाले आग्रह पूर्वाग्रहलाई त्यागेर समान बिचारका सबै ब्यक्ति,समूह,संस्था र दल एक ठाउँ उभिएर देशलाई विकल्प दिनु आजको आवश्यकता हो