१३ साउन, काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति अनिश्चित भएको छ । १२ साउनमा स्थानीय तहको अधिवेशन स्थगीत भएपछि आज बसेको काँग्रेस पदाधिकारी तथा पुर्ब पदाधिकारी बैठकले कोरोना संक्रमणको माहामारीलाई मध्यनजर गर्दै महाधिवेशनको बिषयमा टुंगो लगाउने निर्णय भएको छ ।
काँग्रेस सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले समेत छलफल गरिने जानकारी दिँदै प्रवक्ता बिश्वप्रकाश शर्माले स्पस्ट पारेका छन् । कम्तीमा महाधिवेशन सम्पन्न गर्न ५३ दिनलाग्ने भएपनि ३५ दिनमात्र बाँकी हुँदा पनि महाधिवेशन गर्ने वा नगर्ने बिषयमा थप निर्णय नभएको शर्माले पत्रकारहरुलाई जानकारी दिएका छन् । काँग्रेस पदाधिकारी बैठक भोली २ बजे पनि बस्नेछ ।





