२२ साउन, काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्ना पक्षका जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित हुँदै गएपछि उक्त अधिभेशन गराउन नेतृत्वलाई दबाब दिन भूमिका खेल्न जिल्ला सभापतिहरुको सामूहीक राय लिने उद्येश्यले भेला बोलाईएको पौडेल निकट स्रोतको दाबी छ ।
साउन १२ गतेदेखी वडा अधिवेशन हुँदै भदौ १६ गतेदेखी १९ गतेसम्म केन्द्रीयष् अधिवेशन गर्ने निर्णय काँग्रेसले गरेको भएपनि काँग्रेसको क्रियाशील सदस्यता बिबाद यथास्थानमा रहेका कारण साउन १२ को अधिभेशन सरेको थियो । साउन १२ देखीका पार्टीका बिभिन्न तह र तप्काका अधिवेशनहरु पनि सरिसकेको अवस्थामा पौडेल पक्षका उपल्लो तहका नेताहरुको छलफलपछि जिल्लाको राय लिन पौडेल पक्षले सभापतिहरुको बैठक २५ गते साउनमा डोको बताईएको छ ।
१३ औं महाधिवेशनमा बिजय भएका काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पछिल्लो समय पार्टीलाई भन्द्या सरकारलदाई समय दिँदा पार्टीका गतिबिधिहरु घटेको देखिएको छ ।
अधिवेशनबारे बरिष्ठ नेता पौडेलले बिषेश महाधिवेशनको प्रस्ताव गरेका छन् भने अन्य नेताहरुले पनि आआफ्नै प्रस्ताव गरेपनि पार्टीले अधिवेशन गर्ने नयाँ मितिको बारेमा कुनै नयाा निर्णय गर्न सकेको छैन । देशभरका अग्रज काँग्रेसीहरु १४ औं महाधिवेशन हुने, नहुने वा कहिले हुने भन्नेमा आफैं अन्योलमा छन् । पार्टी सभापतिलगायतका उच्च तहका नेताहरु नै अन्यौलमा भएपनि काँग्रेस महाधिवेशन थप अनिश्चित र ऋन्यौलमा परिणत भएको देखिन्छ ।





