२२ साउन, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक भएको बताएका छन् ।
उनले राष्ट्रकोलागि बोझ बनेको प्रदेशतह खारेज गरी स्थानीय तहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ भनेका छन् ।
उनले सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो भन्ने दाबी गरेका छन् ।
उनको ट्वीटः सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।
राष्ट्रकोलागि बोझ बनेको प्रदेशतह खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु पर्छ। सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो






