राजनीति

वडाको सिफारिस नभएका वा छानबिन ससिमतिको मापदण्डबिपरीतका क्रियाशील सदस्य अमान्यः डा कोईराला

२७ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रस्य सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेकका कृयाशील सदस्यहरु मान्य नहुने बताएका छन् ।
डा कोईरालाले ट्वीट गर्दै केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान नसकिने स्पष्ट गरेका छन् ।
भदौ १६ देखी १९ गतेसम्मका लागि तोकिएको नेपाली काँग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनदै गएको बेला डा कोईरालाले अर्को राजनीतिक रुपमा स्पष्ट धारणा ल्याएक छन् ।
क्रियाशील सदस्यताकै बिबादका कारण साउन १२ गतेदेखी शुरु हुनुपर्ने वडा अधिवेशन आज २७ गते साउन हुँदासम्म नयाँ मिति तोकिने अवस्थामा छैन भने केन्द्रमा पनि क्रियाशील सदस्यताको बिबाद मिलाउन गरिएका बैठकहरुले कुनै पनि सहमती कायम गर्न सकेको छैन ।
डा कोईरालाको ट्वीटः तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न।