राजनीति

अफ्गानिस्तानको घरेलु द्वन्द्वको जोखिम अबस्थामारहेका नेपालीको उद्दार गर्न डा संग्रौलाको माग

३० साउन, काठमाडौं । नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेको जानकारी दिएकी छन् ।
उनले अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि बिद्रोही तालिबानले आफ्नो शक्ति मात्र हैन नियन्त्रण क्षेत्र पनि बिस्तार गर्दै लगेको बताएकी छन् ।
उनले बिश्वका मुलुकहरुले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म त्यस्तो खास पहल गरेको देखिदैन भनेकी छन् ।
डा संग्रौलाले नेपालीको सुरक्षालाई उच्च–प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकार संग जोडदार माग गरेकी छन्।

डा संग्रौलाले भनेकी छन्ः नेपालबाट श्रम स्वीकृति लिएर अफगानिस्तान पुगेका १४ हजार ५ सय भन्दा बढी नेपालीहरु अफगानिस्तानको घरेलु द्वन्द्वले जोखिमको अबस्थामा रहेका छन् । अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेपछि बिद्रोही तालिबानले आफ्नो शक्ति मात्र हैन नियन्त्रण क्षेत्र पनि बिस्तार गर्दै लगेको छ। बिश्वका मुलुकहरुले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म त्यस्तो खास पहल गरेको देखिदैन ।
त्यसर्थ नेपालीको सुरक्षालाई उच्च-प्राथमिकता दिएर संरक्षण र उद्दार गर्न र घर फिर्ती प्रबन्ध मिलाउन नेपाल सरकार संग जोडदार माग गर्दछु।