राजनीति

नेपाली काँग्रेसले १४ महाधिवेशन मंशिर ९ गते गर्ने, १८ भदौमा वडा अधिवेशन

३० साउन, काठमाडौं । नेपाली काङ्ग्रेसले १४ औं महाधिवेशनको नयाँ कार्यतालीका आज निकालेको छ । काँग्रेस केन्द्रीय समिति बैठकले निर्णय गरेबमोजिम भदौ १८ गते दनेखी शुरु गरी मंशिर ९ गतेदेखी १३ गतेसम्म गर्ने निर्णय भएको छ । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । काङ्ग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मतरुपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

तीन दिनसम्म चलेको बैठकले यसअघि निर्धारित मिति (आगामी भदौ १६ देखि १९ गतेसम्म) मा महाधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकेको हो । केन्द्रीय सदस्य यादवका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यताको अन्तिम नामावली तय गरी भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने र भदौ ४ गते क्रियाशील सदस्यताको विवरण सार्वजनिक गर्ने बैठकले निर्णय गरेको छ ।

यसैगरी गाउँरनगर वडा अधिवेशन भदौ १८, गाउँरनगर अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

निम्नानुसार हुने गरि निर्णय भएको जानकारी प्राप्त भयो ।

१. कृयाशिल सदस्यको अन्तिम नामावली बुझाउनेस् २०७८/५र२
२. निर्वाचन निर्देशिका बुझाउनेस् २०७८/५र२
३. वडा अधिबेशन स् २०७८/५ र १८
४. गाउँरनगर पालिकास् २०७८/५/ २७
५. प्रदेश क्षेत्र करखस् २०७८/ ६/१
६. संघिय निर्वाचन क्षेत्र स् २०७८/६/ ५
७. जिल्ला स् २०७८/६/१०
८. प्रदेशस् २०७८र७/१०९१२
९. केन्द्रीय: २०७८/८/ ९९१३

सबै तहका अधिबेशन भब्यताका साथ सफल पारौ !

जय नेपाल !