राजनीति

काँग्रेस बैठकः तरुण दल नेविसंघलगायतका भातृसंस्थाको म्याद पुनः ६ महिना थप

३१ साउन, काठमाडौँ । नेपाली काँग्रसले म्याद सकिएका भातृसंस्थाहरुको म्याद पुनः छ महिनाका लागि थप गरेको छ ।
महाधिवेशन गर्न मंसिर ९ देखी १३ गतेसम्मका लागि तय गरेको काँग्रेसले म्याद सकिएका भातृसंस्थाहरुको समय थप गरेको हो ।

काँग्रेस केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजलगायतको ६ महिना थप गरेको छ ।
भातृसंस्थाको म्याद थप नगरी अधिवेशन गर्न माग बिद्यार्थी तरुणहरुले गरिरहेका भएपनि काँग्रेसको महाधिवेशनले गर्दा पार्टीले महाधिवेनपछिसम्मका लागि म्याद थप गरेको हो ।