राजनीति

बेलायती सेनामा नेपालीलाई भेदभाब नगर्न र अफगानीस्तानका नेपालीको सुरक्षामा ध्यान दिन राप्रपाको सरकारसँग माग

३१ साउन, काठमाडौं । राप्रपा अध्यक्षत्रयले तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको भन्दै देउवा सरकारलाई दुई बुंदे ध्यानाकर्षण गराएको छ ।
राप्रपाले एक बिज्ञप्ती जारी गर्दै दुई बुंदामा भनेको छः

१० तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा चिन्तित रहेको छ । त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।
२० तत्कालिन नेपाल सरकार र ब्रिटिश सरकारका बिचमा भएको सम्झौता अनुरुप बेलायती सेनामा रहेर नेपाली नागरिकहरुले काम गर्न थालेको दुई सय बर्ष नाघि सकेको छ । तर, आजसम्म पनि बेलायती सेनामा काम गर्ने नेपालीहरु माथि कायम रहेको भेदभाव र असमानताको पूर्णरुपले अन्त्य हुन सकेको छैन । ब्रिटिश गोर्खाका पुर्व सैनिकहरुले न्याय र समानताको माग राखेर लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।
विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ति मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ ।