राजनीति

सजगता र गम्भीरतापुर्वक सरकारले अफगानीस्तानका नेपाली फर्काउन जिम्मेवारी निभाउनेछः प्रधानमन्त्री

३२साउन, काठमाडौं । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको बताएका छन् ।
उनले आज एकाबिहानै ट्वीट गर्दै सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको दाबी गर्दै उक्त निर्देशन दिएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाले सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउने कुराको दृढता सबै नेपालीहरुलाई गराएका छन् ।
आम नेपालीहरुले अफ्गानीस्तानमा भएको राजनीतिक संकटमा नेपालीहरुको उद्दार गर्न माग गरिरहेका बेला प्रधानमन्त्ती देउवाको उक्त ट्वीट आएको छ ।

सभापति देउवाको ट्वीटः अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु ।

सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो । सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।