राजनीति

तीन बुंदे माग राख्दै मंगलबारदेखी काँग्रेस केन्द्रीय कार्यालयमा धर्ना बस्ने सभापतिहरुले गरे निर्णय

७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका काठमाडौं उपलब्ध जिल्ला सभापतिहरुले तीन बुंदे माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना बस्ने निर्णय गरेका छन् । आज भएको भेलामा उपस्थित नुवाकोट जिल्ल सभापति जगदीश्वरनरसिंह केसीका अनुसार आजसम्म तीन बुंदे माग पुरा नगरेमा मंगलबारदेखी केन्द्रीय कार्यालयमा धर्ना दिने जानकारी दिएका हुन् ।

विषय: आमन्त्रण गरियको बारे ।
भेलापछि जारी बिज्ञप्तीमा भनिएमो छः यहि २०७८ भाद्र ८ गते ११ बजे निम्नाअनुसार माग सहित जिल्ला सभापतिहरु द्दारा पाटी कार्यलय सानेपा मा धर्ना कार्यक्रम गरिने भएकोले पत्रकार साथिहरुलाइ उपस्थितिको लागि अनुरोध गर्दछौ ।

१. प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस ।
२. क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानविन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३. सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।

हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट (भाद्र ८ गते) बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं।
जय नेपाल ।