राजनीति

डा.कोईलाको सभापति र गृहमन्त्रीलाई प्रश्नः गुण्डागर्दी गरेर कस्तो शन्देश दिन खोज्नु भा हो ?

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोईरालाले सभापति शेरबहादुर देउवा र गृहमन्त्रीले महाधिवेशनमा गुण्डागर्दी शैलि अपनाएको आरोप लगाएका छन् ।

आज विराटनगरस्थित निवासमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नेता कोईरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको जिल्लामा नै कुटपिट गरेर चुनाव गराइएको आरोप लगाएका हुन् ।

उनले गुण्डागर्दी गरेर कार्यकर्तामा कस्तो शन्देश दिन खोज्नु भा हो ? भन्दै सभापति र गृहमन्त्री खाँडलाई प्रश्न समेत गरेका छन् । महाधिवेशन निष्पक्ष र धाँधलीरहित बनाउने भनेर सभापति देउवाले भने पनि त्यसविपरीत आफैले काम गरिरहेको उनको भनाई छ ।

डा.कोईरालाले निर्वाचन समिति निष्पक्ष नभएको आरोप लागउँदै आयोग माथी प्रश्न समेत उठाएका छन् । उनले सभापति देउवा पक्ष गलत मानसिकताबाट अगाडि बढेकै कारण तोकिएकै समयमा महाधिवेशन हुन नसकेको समेत दाबी गरेका छन् ।

साथै प्रधानमन्त्री समेत रहेका देउवाले आफ्नो पक्षमा माहोल बनाउन पटक–पटक निर्वाचनको मिति सारेको आरोप उनले लगाएका छन् ।