राजनीति

अध्यक्ष बस्नेतले सबैभन्दा बढी मत ल्याएर जिते महाधिवेशन प्रतिनिधि, सर्बसम्मत मतपरिणाम !

७ मंसिर, ललितपुर । नेपाल्ी काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेत महाधिवेशन प्रतिनिधिको पहिलो नम्बरमा बिजय भएका छन् । अध्यक्ष बस्नेतले ललितपुर क्षेत्र नम्बर ३ मा खुल्लातर्फ ३९९ मध्ये २७८ मत ल्याएर सबैभन्दा बढी मत ल्याउने नेता बनेका छन् ।
आउँदो २४ गतेदेखी सम्पन्न हुने भनिएको १४ औं नेपाली काँग्रेसको केन्द्रीय अधिवेशनमा केन्द्रीय सदस्यका प्रवलद दाबेदारका रुपमा रहेका अध्यक्ष बस्नेतको बिजयी भण्डै सर्बसम्मत् उम्मेद्वारको रुपमा रहेको पुष्टी भएको छ ।
काँग्रेसको तर्फबाट देशभरका युवाहरुलाई जोडेर नेपाली जनताका दुःख सुखमा संगै हिँड्ने अध्यक्ष बस्नेतको जितलाई नेपाली जनताको युवा नेतृत्वलाई स्थापीत गराउँने चाहनाको रुपमा पनि राजनीतिक रुपमा हेर्न सकिन्छ ।