राजनीति

अध्यक्ष ओलीले भनेः सर्बोच्चको विवाद क्यान्सर हो

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्बाेच्चमा बिगत तीन हप्तादेखीको जारी विवादलाई लिएर कटाक्ष गरेका छन् ।

आज काठमाडौंमा आयोजित एमाले निकट युवा संघको सबाईबर सर्कल उद्घाटन कार्यक्रममा ओलीले सर्बाेच्चको जारी विवादलाई क्यान्सर रोगको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले न्यायीक क्षत्रलाई क्यान्सर भएको भन्दै त्यसलाई जरैदेखी उखेलेर फाल्नुपर्नेमा जोड दिएका छन् । ओलीले सर्बाेच्चमा जारी विवादको जिम्मेवार वर्तमान गठबन्धन सरकार रहेको समेत आरोप लगाएका छन् ।

साथै उनले सर्बाेच्चको विवाद सामान्य अवस्थामा समाधान गर्न नसकिने समेत बताएका छन् । पछिल्लो समय मुलुकमा अन्य आन्दोलन नभएको तर सर्बाेच्चमा भने आन्दोलन भईरहेको भन्दै आपत्ति जनाएका छन् ।