राजनीति

सञ्चारमन्त्री कार्कीको क्षेत्र सुनसरी-४ मा भारी मतका साथ सभापति अयुवसहित २५ जनै विजयी

८ मंसिर, इनरुवा । नेपाली काँग्रेस क्षेत्र नम्बर ४ को सभापतिमा अयुव अन्सारी पुनः बिजयी भएका छन् । नेपाली कँँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एबम् सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको समिूहका सभापति, सचिवलगायत क्षेत्रीय समिति  र सबै मन्त्री कार्की-अयुब पक्षबाट महाधिवेशन प्रपितनिधिहरु बिजयी भएका छन् ।
नवनिर्बाचित सभापति अयुव अन्सारी कोशी गाउँपालीकाका अधयक्षसमेत हुन् ।
महाधिवेशन प्रतिनिधिमा बिजयी हुनेहरुमा खुल्लाबाट ओम कोईराला, नन्द कुमार सिग्देल, प्रमोद कुमार खेरवार, परमानन्द मेहता, भिम कट्वाल, भिमसेन गुरुङ, सत्रुधन प्रसाद यादब, सिकमलाल यादब, हरिलाल यादव, रेवतीरमण दुलाल रहेका छन् भने महिला खुल्लामा शुसीलादेबी खनाल, मिरा कुमारी पोख्रेल, राधीका कट्वाल, मुना रिजाल अधिकारी विजयी भएका छन् । खस आर्यबार बाबुराम बिष्ट बिजयी भए भने हरिनगराका गाउँपालीकाका प्रमुख गफार अन्सारी, अबुल हुसेन अन्सारी भारी मतका साथ बिजयी भएका छन् । महिला जनजातीबाट अनु गुरुङ बिजयी भएकी छन् ।