राजनीति

काँगेसको प्रदेश र केन्द्रीय महाधिवेशनको कार्यतालीका परिवर्तन

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको प्रदेश र केन्द्रीय महाधिवेशन सरेको छ । १४ औं महाधिवेशन अन्तर्गत मंसिर १६ र १७ गतेलाई तय भएको कांग्रेस वडा अधिवेशन अब १८ र १९ गते हुने भएको हो । प्रदेश अधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ ।

आज सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबिचको छलफले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको हो । परिवर्तन भएको कार्यतालिका अनुसार अब प्रदेशमा मंसिर १५ गते हुने भएको मनोनयन १७ गतेलाई सारिएको हो ।

यस्तै केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि अर्थात मंसिर २५ गते हुने भएको छ । यसअघि निर्वाचन समितिले उद्घाटनअघि नै मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखी २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।