१४ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन अन्तर्गतको मतदान सम्पन्न भएको छ । एमाले नेतृत्व चयनका लागि बिहान ४ बजेदेखी सुरु भएको मतगणना केहीबेर अघि सम्पन्न भएको हो । २ हजार १ सय ५३ जनाको अन्तिम मतदाता नामावलि प्रकाशित भएपनि २ हजार ८१ मतमात्र खसेको केन्द्रीय निर्वाचन आयोजले जानकारी दिएको छ ।
एमाले महाधिवेशन अन्तर्गत पदाधीकारी र केन्दीय सदस्यका लागि भएको निवार्चनको मतदान बिहान २ बजे भनिएपनि पछि २ घण्टा सारेर ४ बजेदेखी सुरु भएको थियो । एमाले दसौँ महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान सकिएलगत्तै मतदान गणना हुनेछ ।
पदाधीकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको हो । त्यस्तै, विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए ।





