१४ मंसिर, काठमाडौं । नेकपा एमालेको आज निर्वाचित हुने नयाँ कार्यसमितिले आजै सौराहामै शपथ लिने भएको छ । निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुले आजै शपथ लिने भएका हुन् । यस्तै नयाँ केन्द्रीय कमिटीको बैठक आजै बस्ने भएको छ ।
नेकपा एमाले निर्वाचन आयोगले आज दिउँसो २ बजेका लागि सपथको कार्यक्रम राखेको थियो । तर, उक्त समयमा मतगणना नै नसकिने भएपछि मतपरिणाम आएपछि विजयी नेताहरुलाई आजै सपथ ग्रहण गराउने तयारी आयोगको छ । अहिले मतगणना जारी छ ।





