राजनीति

एमाले मतगणनाः ओलीको फराकिलो अग्रता, ओली १४५५, रावल ९६ (अपडेट)

१४ मंसिर, काठमाडौं । नेकपा (एमाले) को अध्यक्ष पदमा केपी ओलीले फराकिलो अग्रता बनाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार ओलीले १ हजार ४ सय ५५ मत प्राप्त गरेका छन् ।

अध्यक्षका अर्का प्रत्यासी भीम रावलले ९६ मत ल्याएका छन् । विहान ४ बजेदेखि भएको मतदानमा २१ सय ५३ मतदातामध्ये २१ सय १४ जनाले मतदान गरेका थिए।