राजनीति

एमाले उपाध्यक्षमा ओली प्यानल विजयीः रावलसंगै भुसाल पराजित

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसाल उपाध्यक्ष्मा पराजीत भएका छन् । आज दिउँसो सार्वजनिक मत परिणाम अनुसार भुसालले अरु ६ उम्मेदवार भन्दा कम मत परिणाम लिएका छन् । सबैभन्दा धेरै अस्टलक्ष्मी शाक्यले मत प्राप्त गरेकी छिन् भने दोस्रोमा सुरेन्द्र पाण्डे रहेका छन् ।

शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन् । त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा (बादल)ले १७६८ मत पाएका छन् भने भुसालले सबैभन्दा कम ७२५ मत प्राप्त गरेका छन् ।  यो संगै अब एमालेका उपाध्यक्षमा सबै अध्यक्ष केपी शर्मा ‘ओली प्यानल’का निर्वाचित भएका छन् । साथै निर्वाचन आयोगले आधिकारिक रुपमा मत भने सार्वजनिक गरेको छैन ।

पदाधिकारी छान्ने जिम्मा पाएका केपी ओलीले घनश्याम भुसालबाहेकको नाम प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा असन्तुष्टि जनाउँदै भुसालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।