राजनीति

एमाले सचिवः गोकर्ण विष्टले पाए राम्रो मत, भीम र टंक पराजित

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले सचिवमा लोकप्रिय मत पाएका छन् । विष्टले १९७६ मत ल्याएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, रघुवीर महासेठ सचिवमा निर्वाचित भएका छन् ।

सचिवमा भीम आचार्य र टंक कार्की पराजित भएका छन् । भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १७०४, भट्टले १७०४, रायमाझीले १७०० र महासेठले १५१३ मत ल्याएका छन् । आचार्यले १३०० मत ल्याएका छन् भने कार्कीले ५०० मत प्राप्त गरेको स्रोतले जानकारी दिएको हो ।