राजनीति

कमल थापालाई पार्टी अध्यक्ष छाड्न राजेन्द्र लिङदेनको आग्रह

१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले अध्यक्ष पद छाड्न कमल थापालाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको पार्टीको एकता महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लिङदेनले यस्तो आग्रह गरेका हुन् ।

महाधिवेशनमा अध्यक्ष पदका उमेदवार लिङ्देनले नेतृत्व परिवर्तन नभए राप्रपा विलाएर जाने भन्दै अर्का आकांक्षी तथा वर्तमान अध्यक्ष थापालाई अध्यक्ष पद छाड्न आग्रह गरेका हुन् । 

अरू दुई अध्यक्षले जस्तै आफूलाई पार्टी अध्यक्ष छाड्न लिङदेनको अनुरोध छ । लिङदेनले पार्टी यही गतिमा अघि बढे निर्वाचनमा ३ प्रतिशत मत पनि कटाउन नसक्ने स्थितिमा पुग्ने समेत बताएका छन् । उनले सम्बोधनका क्रममा वर्तमान नेतृत्वको चर्काे आलोचना समेत गरेका छन् ।