राजनीति

पौडेल पक्षले बनाए प्रदेश उम्मेदवार मिलाउने समितिः १ मा डा.कोईराला

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन बिहिबार हुँदैछ । यसै सन्र्दभमा १४ औं महाधिवेशन अन्तर्गत प्रदेश समिकरण मिलाउन संस्थापन ईतर पौडेल समुहको बैठक काठमाडौंमा बसेको छ । कांग्रेसका महामन्त्री डा शशांक कोईराला निवास महाराजगञ्मा बसेको बैठकले साथै प्रदेशमा समिकरण मिलाउनका लागी विभिन्न नेताहरुलाई जिम्मेवारी दिएको छ ।

जसअनुसार प्रदेश नम्र १ मा केन्द्रीय सदस्य तथा महाधिवेशमा सभापतिका आकांक्षी डा. शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, सरिता प्रसाईं र प्रदेश नम्बर २ मा सीतादेवी यादव र रामकृष्ण यादवले जिम्मा पाएका छन् । त्यस्तै बागमती प्रदेशका लागि प्रकाशमान सिंह, डा. रामशरण महत र अर्जुननरसिंह केसीले पाएका छन् भने गण्डकी प्रदेशमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला, कमला पन्त र जीवन परियारले जिम्मेवारी पाएका छन् । साथै लुम्बिनी प्रदेशमा समिकरणको जिम्मेवारी दीपक गिरी र चन्द्र भण्डारीले पाएका छन् ।

उता कर्णालीमा प्रदेशमा समिकरण मिलाउनका लागि हृदयराम थानी र सुदूरपश्चिम प्रदेशमा दिलेन्द्र बडू र बद्री पाण्डेले जिम्मेवारी पाएका छन् । जिम्मेवारी पाएका नेताहरूले सम्बन्धित प्रदेशका प्रत्यासी र नेताहरूसँग छलफल र परामर्श गरेर आवश्यक निर्णय लिईने भएको छ ।