राजनीति

आज काँग्रेसको सातै प्रदेशमा प्रदेश अधिवेशन, सभापतिमा कुन पक्षका को को ?

१६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसको वडादेखी जिल्ला अधिवेशनसम्म सकिएसँगै आजबाट सातै प्रदेशका अधिवेशन शुरु भएका छन् । आज हुने भनिएका अधिवेशनमा काँग्रेस सभापतिका उम्मेद्वारहरु आफ्नो पक्षलाई बलियो बनाउन आफ्ना प्रदेशका प्रदेश सभापतिलगायतमा निर्बाचित गराउन लागि परेका छन् ।
यस्तै प्रदेश नम्बर १ मा सभापति शेरबहादुर देउवा पक्षले अमृत अर्याल, उद्धब थापालाई अघि सारेका छन् भने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोईराला, केन्द्रीय सदस्य गुरुराज घिमिरे छन् ।
यस्तै प्रदेश नम्बर २ मा सभापति देउवा पक्षले कृष्ण यादबलाई अघि सारेको छ भने २ मा उपसभापति बिमलेन्द्र निधिले रामसरोज यादबलाई अघि सारेका छन् । यस्तै २ मा पौडेल पक्षले रामकुमार यादबलाई अघि सारेको छ ।
यस्तै बागमाती प्रदेशमा कृष्ण सिटौला पक्षले भिमसेन दास प्रधानलाई अघि सारेको छ, रामचन्द्र पौडेल पक्षले जगदीश्वरनरसिंह केसी, मधु आचार्य, राजुराज जोशी छन्, यस्तै देउवा पक्षले इनद्र बानियाँ रहेका छन् । गण्डकी प्रदेशका लागि देउवा पक्षबाट अर्जुन जोशी रहेका छन् भने संस्थापनइतरबाट यज्ञबहादुर थापा, शुक्रराज शर्मँ, देबराज चालिसे र रघुनाथ पौडेल छन् । यस्तै लुम्बिनीमा देउवा पक्षबाट भरत शाह र पौडेल पक्षबाट अमरसिंह पुनको नाम चर्चामा छ । यस्तै कर्णली प्रदेशमा देउवा पक्षबाट ललितजंग शाही छन् भने पौडेल पक्षबाट भूपेन्द्रजंग शाहीको उम्मेद्वारी तयारी छ । भूपेन्द्रजंग शाही नेपाल तरुण दलका महासचिवसमेत हुन् । सुदुरपस्चिमबाट नारणण शाह, गोबिन्द शाह, अर्जुनर्जग सिंह, गोबिन्द बाहोरा रहेका छन् ।
चर्चामा आएका महत्वपूर्ण नेताहरुको नाम समाचारमा समाबेश भएको भएपछि अन्य धेरै आकाँक्षीहरु प्रदेश सभापतिलगायतमा दाबी गरिरहेका छन् । सबै प्रदेशमा बलियो र आफ्नो पकडको उम्मेद्वार बनाउन सभापति देउवा, बरिष्ठ नेता पौडेल, कृष प्रसाद सिटौलालगायतका नेताहरु सकृय देखिएका छन् । प्रदेश अधिवेशन सकिएको केहीदिनमा नै काँग्रेसले केन्द्रीय अधिवेशनको उद्घाटन गर्ने तयारी गर्दैछ ।