१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चरम गुटबन्दीको शिकार न्यायलय पनि बनेको बताएका छन् । कांग्रेसको गण्डकी प्रदेश अधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
नेता पौडेलले प्रधानन्यायीधीश विवादको विषयलाई निकास दिनुपर्ने भन्दै पटक पटक पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादीका अध्यक्ष पुस्पकमल दाहाललाई भन्दै आएपनि हालसम्म समाधान हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
साथै उनले अदालतमा पैसा र सेटिङ हुनेहरुले मात्रै न्याएपाउने अवस्था आएको समेत बताएका छन् । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस पछिल्लो समय बिचार र सिध्दान्त विपरित चलेको समेत आरोप लगाएका छन् ।





