राजनीति

राप्रपा महाधिवेशनः ४ घण्टा ढिलो गरि नेतृत्व चयनका लागि मतदान सुरु

१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको ४ घण्टा ढिला गरि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखी मतदान गर्ने भनिएपनि मध्यान्ह १२ बजेपछिमात्रै सुरु भएको जनाईएको छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न अहिले मतदान जारी रहेको छ । अध्यक्ष पदका लागी कमल थापा र राजेन्द्र लिङदेन चुनावी मैदानमा उत्रिएका छन् ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् भने बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । साथै समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यसैबिच अध्यक्ष पदका दुई उम्मेदवार थापा र लिङदेनले मतदान गरिसकेका छन् । साथै अध्यक्ष पदमा विद्युतिय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको छ ।