विचार/ब्लग

काँग्रेस महाधिवेशनः ब्यक्तीगत स्वार्थबाट माथी उठेमात्र राष्ट्रको रुपान्तरण सम्भव

संदेश आचार्य / कुनैपनि प्रगति नहुनुभन्दा सुस्तगतिमा सही प्रगति भएको राम्रो । सडक निर्माणमा नेपालमा केही सुधार भएकै छन्। राम्रो योजना बन्छ तर निर्माण चरणमा ती योजना फगत महत्वाकांक्षी बन्दिन्छ किनकि कार्यान्वयन पक्ष एकदम फितलो छ जसको प्रमुख कारण हो भ्रष्टाचार । भ्रष्टाचारले यति जरा गाडिसक्यो की कुनै पनि कार्यालय प्रमुख वा लेखप्रमुखले टेन्डर रकमको ५.१० प्रतिसत माग्नु उसको हक भाइसक्यो । यसै सन्दर्भमा एउटा स्थानिय छ तहको अधिकृत एउटा भाइले लेखकसंग अनौपचारिक प्रसङ्गमा दाई शाखा अधिकृतमा नाम निकाल्न पाएँ र गाउँपालिका को कार्यकारी हुनपाए महिनाको ५(७ लाख ु लिगलकी ु कमाउन सकिन्थ्यो । राज्यमा भ्रष्टाचार कति संस्थागत भइसक्यो माथीको भनाइले स्पष्ट पार्दछ । कानुहिनतानै कानुन भएको समाजको विशेषता भनेको जसले जति कानूनको धज्जी उडाउन सक्यो उ त्यति शक्तिशाली हुने हो । राष्ट्रलाई माया गर्ने, इमान्दार नागरिक की त विदेशमा श्रम गर्दै छन् कि त नेपालभित्र जिविकोपार्जनको लागि संघर्ष गर्दै छन् । सारमा नेपाललाई माया गर्ने कानूनको पालनात गर्नेहरु कष्टगर जीवन बिताउन बाध्य छन् । व्यक्तिगत लाभको लागि राज्य संयन्त्रको दुरुपयोग, नीतिगत खेलबाड समान्य भइ सक्यो । हालसालै शेर बहादुर देउवा नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालयका करारका प्राध्यापकलाई स्वत् स्थायी यसको ज्वलन्त उदाहरण हो । सुरुमा पार्ट टाइम पढाउन चाकरी, धम्कीले प्रवेश गर्ने, पार्ट टाइम भएपछि करार गर्न आन्दोलन, करार भएपछि फेरि स्थायी हुन आन्दोलन । आन्तरिक प्रतिस्पर्धामा पनि उत्रिर्ण हुननसक्ने यस्ता हविगतका प्राध्यापकहरूबाट कुन स्तरको शिक्षा हामीले अपेक्षा गर्न सक्छौ ?
नेपाली समाजमा ७० वर्षपछि को जिवन भनेको धर्मकर्ममा बढी ध्यान जाने समय हो । तर नेपाली समाजसंग भिन्न छ हाम्रो नेताहरूको जीवनशैली। बाँचुन्जेल सत्ता र शक्ति भन्दा पर बस्ने कल्पना समेत उनीहरुले गरेका हुँदैनन्। यसमा प्रमुख कारण त सुखसयाली जीवनशैली सानमानको भोक जस्तो देखिन्छ अर्को तितो यथार्थ जवानीमा गरेको भ्रष्टाचार जस्ता कुकर्मको सजाय बुढेशकालमा नभोग्नुपतोस् भन्ने पनि हो । प्रायः गरीब मुलुकको समस्या भनेकै आजीवन पद र त्योबाट आर्जित शक्ति आफूमा रहिरहोस् भन्नु हो कारण एकै छ जति बढी भ्रष्टाचारको साम्राज्य खडा गर्न सक्यो त्यति ठुलो नेता बन्ने अवसर पाउनु । २०४७ सालपछिको नेतृत्व को अक्षमता यो होकी उसले राजनीतिलाई केबल शक्तीमा पुग्ने साधन र टिक्न गरिने हरेक क्रियाकलाप जायज ठहरायो । राजनीतिबाट नीति गायब भएर सत्ता जोडिएपछि उदय भएका एकपात्र हुन् शेर बहादुर देउवा जसले शक्ति पाउन, टिकाउन र रहन हरेक सम्भव कार्य जस्तै संसद किनवेच, भन्सार छुटमा प्राडो पजेरो गाडी किन्ने सुविधाले राज्यलाई करोडौंंको नोक्सान पुर्याउने कार्य र राजनीतिको आडमा अकुत सम्पत्ति आर्जन गर्ने कार्य भए।
नेपालको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेस हाल चौधौं महाधिवेशनको मुखमा छ । गौरवमय इतिहास बोकेको कांग्रेसको भविष्य कस्तो हुने छ आगामी महािवेशनले स्पष्ट पर्ने छ । हरेक चार बर्षमा हुनुपर्ने काँग्रेस महाधिवेशन छ वर्षको आसपासमा अब हूने देखिएको छ । यो १३औं र १४औं महाधिवेशनको बीचमा देउवा नेतृत्वमा काँग्रेस २ पटक सरकारको नेतृत्व गर्ने अवसर पायो, तर दुबैपटक शेर बहादुर देउवाप्रति जनताको विश्वासले सरकार निर्माण भएनन्। तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन र त्यसपछि कोइरालाले नेतृत्व गरेको समुहमा आएको फुटले देउवालाई पार्टी सभापतिको कुर्सीमा विराजमान गरायो जसले उनलाई प्रधानमन्त्रीको कुर्सीमा पुग्न सहज बनायो । आफैं प्रधानमन्त्री तथा गृहमंत्री र पार्टी सभापती रहँदा गरेको आम निर्वाचनमा कांग्रेस २३ सिटमा सीमित भयो । नेपाली राजनीतिमा नैतिकता आदर्शवादी व्यक्तित्यो कृष्ण प्रसाद भट्टराई (श्रद्धा एवं मायाले किशुन जि) संगै समाप्त भई सकेको छ । त्यसैले देउवाले नैतिकताको आधारमा मागिएको राजीनामालाई वास्था समेत गरेनन् न त अर्ली महाधिवेशनको माग समेत स्वीकार गरे बरु आफ्नो चार बर्ष कार्यकालको पार्टी विधान कुल्ची छ वर्षको हाराहारीमा पुराए । काँग्रेस १४औं महाधिवेशनमा सभापतिमा दाबेदारी गरेका उपसभापति बिमलेन्द्र निधिको भनाईमा दोश्रो पुस्ताका नेताहरुको लागि यो महाधिवेशन अन्तिम अवसर हो । १५ औं महाधिबेशनमा समयको बाहावले दोश्रो पुस्तालाई किनारमा पुर्याइसकेको हुनेछ भनेर आफूलाई सभापतिको तयारीमा होमी सकेका छन् । समयको वेगलाई बुझेर राजनीतिक जोखिम मोल्न तयार निधि धन्यवादका पात्र हुन् नै साथै नेतृत्त्व परिवर्तनको मागलाई बुझेर सम्बोधन गर्ने उनको प्रयासलाई नेपाली राजनीतिको इतिहासले स्मरण गरिरहनेनै छ। काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको बैचारिक छहारीमा रही सभापतिमा उम्मेदवारी घोषणा गरेका उमेर्द्वारहरु
पुर्व उपसभापती प्रकाशमान सिंह र उपसभापति निधि, डा शेखर कोइरालालगायत पौडेल पक्षका सभापतिका उम्मेद्वारले आपसी सहमतिमा साझा उमेद्वार तय गर्न सके पार्टी र राष्ट्र गतिशील हुनेमा कुनै दुविधा हुने छैन। आगामी चुनावमा काँग्रेस एकलै् मैदानमा जानुपर्छ भन्नेमा अलग अलग समूहमा रहेका यी तीन नेताको आगामी समान दृष्टिकोण छ, संगठनको हिसाबमा बैचारिक भिन्नता नरहेका यी तीन नेता एकठाउँमा आए पार्टीमा पाटीमा रहेका परम्परागत गुट भत्किने मात्र होइन पार्टीमा नयाँ ऊर्जाको संचार हुनेछ । गुट उपगुट, समुहभन्दा माथी रही यी तीन नेताले साझा उमेद्वार तय गर्न सफल रहे भने काँग्रेसजनमा परिवर्तनको उत्साह संचार हुने छ र आम जनताको भरोसा कांग्रेसमा अझ बढेर जाने छ । यी शक्ति बीच सहकार्य हुन नसकेका परम्परागत यथास्थितिवादी शक्तिलाई लाभ मिल्ने छ ।
काँग्रेस विधान अनुसार दुई महिनामा गठन गर्नुपर्ने विभाग विधान विपरित मनलाग्दी संख्या थपी चार वर्ष पछी विभाग गठन गर्ने, पार्टीको विधान मात्र होईन देशको संविधानले समेत तोकेको समायसिमामा महाधिवेशन गर्न नसक्ने सर्वत्र असफल, बिचार शुन्य, जन आकर्षण विहिन हुँदा समेत कांग्रेसको १४औं महाधिवेशनमा शेर बहादुर देउवा सभापतिका बलिया उमेद्वार कसरी भए त ? यो प्रश्न जन जनमा छ । उत्तर सहज छैन । यो प्रश्नको उत्तर खोज्न हामीले हालको समयमा ब्यापारी र ठेकदारको राजनितिमा मोह किन छ ? यसको उत्तर खोज्नु पर्दछ । सामान्य अर्थमा राजनीति भनेको राज्यको नीति हो । शासन प्रणालीको मियो राजनीति हो । राज्यको नीतिनिर्माण राजनीतिक नेतृत्वले गर्दछ । ठेकेदार, व्यापारीहरूको राजनितीमा लगानी र आकर्षण नीतिमा खेलेर पैंसा कमाउने उदेश्य मात्र हो। नेपालमा राजनीति लाग्नु लगानी गर्नु भनेको कानूनी दायराबाट को मुक्ति हो । अर्बौंको कर छुट यसका उदाहरण हो । त्यसैले त नेपालमा राजनीतीप्रति आकर्षण उच्च छ । छोटो समयमै आर्थिक फेडको मारेका नेताहरुको जीवनशैलीले पनि आज धेरैलाई राजनीतीमा आकर्षण गरेको छ । समाज रूपान्तरणको स्पष्ट खाका, दृष्टिकोण बिनाको मानीस राजनीती हावी हुनुभनेको भ्रष्टाचारलाई बढावा दिनु सिवाय केही होइन । नेताहरुको मृत्यु शैया सम्मपनि शक्तिको मोह विगतमा गरेको भएको कुकर्मबाट जोगिन पनि हो । राजनितीमा सर्वसाधाण मानिसको पहुँच बाट टाढा जाँदै छ । पार्टीको वडा सभापतिमा प्रतिस्पर्धा गर्न कम्तीमा पाँच सात लाख भन्दाबढी खर्च हुनु सामान्य भइसक्यो । राजनीती दिन प्रतिदिन सिद्धान्तहिन र विकृत हुँदै जानुमा सिद्धान्त र बिचार सुन्या मानिस राजनीतिमा हावी हुनु प्रमुख कारण हो ।
राष्ट्रलाई साँच्चै रूपान्तरण गर्ने हो भने आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेमात्र परिवर्तन सम्भव छ । हालकै नेतृत्वबाट परिबर्तन असम्भव छ बरु यहीँ नेतृत्त्वले निरन्तरता पाए राष्ट्र अरु पछी धकेलिने छ र युवाको जनसङ्ख्या अत्याधिक भएको स्वर्णिम समय बिना उपलब्धी सकिने छ र नेपाल झन् पिछडिएको अल्पविकसित राज्य हुँदै राष्ट्रिय ऋणको बोझले असफल रास्ट्रको मार्गमा दर्ज हूने छ।
(लेखक विद्यावारिधिका शोधकर्ता हुन ।)