प्रदेश 1

कांग्रेस प्रदेश नं १ को सभापतिमा देउवा–सिटौला पक्षका थापा बिजयी, महामन्त्रीमा राई र थापा

२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएक छन् । शनिबार भएको निर्वाचनबाट उहाँले ८४४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४० मत प्राप्त गरेका थिए ।

यसैगरी, उपसभापतिमा टङ्कप्रसाद राई र रमेशजङ्ग रायमाझी, महामन्त्रीद्वय उमेश थापा र भूपेन्द्र राई, सहमहामन्त्रीमा प्रमिलाकुमारी गच्छदार, खड्ग फागो र विनोदकुमार बस्नेत विजयी भएको कांग्रेस मोरङले जनाएको छ । अन्य पदको मतगणना जारीे छ ।