राजनीति

प्रदेशमा मतदान नगरेको भनि तिब्र आलोचना पछि डा.कोइरालाले मागे माफि

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रदेश अधिवेशनमा आफुले मतदान नगरेकोमा क्षमा मागेका छन् ।

प्रदेश १ को अधिवेशनमा डा. कोइरालासहितका केन्द्रीय नेताहरूले मतदान गरेका थिएनन् । कोइराला पक्षका उम्मेदवार गुरुराज घिमिरे सभापतिमा २ मतले पराजित भएपछि चर्काे आलोचना भईरहेका बेला कोईरालाले  आफुबाट गल्ति भएको भन्दै माफि मागेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत स्पष्टीकरण दिँदै डा.कोईरालाले केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने भन्ने विषय सुरूदेखि नै संशयमा रहेको र कानुनी परामर्श गर्दा मतदान नगर्नु उपयुक्त हुने सुझाव आएको बताएका छन् । उनले आफूबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ति भएको भन्दै क्षमा याचना गरेका छन् ।