राजनीति

शेरबहादुर र रामचन्द्रले अब गर्नसक्ने ठाउँ छैन, नेतृत्व छाड्नुपर्छः उपसभापति निधि

२२ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले प्रधानमन्त्री एबम् काँग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अब काँग्रेस र देशका लागि काम गर्ने कुनैपनि ठाँउ नरहेको हुँदा पार्टी नेतृत्व छाड्नुपर्ने बिचार ब्यक्त गरेका छन् ।
उनले एक टेलिभिजनसंग अन्तरवार्ता दिँदै, ‘शेरबहादुरररामचन्द्रजी जस्ता अग्रज नेताहरूकै दूरदर्शीताले संविधान बनेकोमा कुनै शंका छैन। वहाँहरूले जति गर्न सक्नुहुन्थ्यो, गरिसक्नुभो। गर्न सक्ने कामको अधिकतम विन्दूसम्म वहाँहरू पुगिसक्नुभो।’ भनेका छन् । उनले सामाजिक सञ्जालमासमेत टेलिभिजन अन्तरवार्ताका महत्वपूर्ण बुँदाहरु पोष्ट गर्दै भनेका छन्, ‘अब त्योभन्दा माथि जाने ठाउँ छैन। त्यसैले वहाँहरूले नेतृत्वको दौडबाट आफूलाई अलग राख्नु राम्रो हो ।’उपसभापति निधिले २५ मंसिरदेखी सम्पन्न हुन गईरहेको काँग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिएका छन् । उनले सभापति देउवासँग आफुलाई समर्थन गरेर सल्लाहकारीय भूमिकामा बस्न आग्रह गरिरहेका छन् । 

उनले भनेका छन्, ‘शेरबहादुरररामचन्द्रजी जस्ता अग्रज नेताहरूकै दूरदर्शीताले संविधान बनेकोमा कुनै शंका छैन। वहाँहरूले जति गर्न सक्नुहुन्थ्यो, गरिसक्नुभो। गर्न सक्ने कामको अधिकतम विन्दूसम्म वहाँहरू पुगिसक्नुभो। अब त्योभन्दा माथि जाने ठाउँ छैन। त्यसैले वहाँहरूले नेतृत्वको दौडबाट आफूलाई अलग राख्नु राम्रो हो ।’