राजनीति

दर्जनौंलाई राप्रपा प्रबेश गराउँदै अध्यक्ष लिँदेनले भने, ‘नवप्रवेशी सबैलाई स्वागत गर्न पाउँदा असाध्यै हर्षित छु’

२३ मङ्सिर, काठमाडौँ । राजेन्द्र लिँदेन राप्रपाको अध्यक्षमा निर्बाचित भएपछि अन्य पार्टीहरु छाडेर राप्रपा प्रवेश गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । पार्टी कार्यालयमा डा प्रकाशचन्द्र लोहनीको छेउमा अध्यक्ष लिँदेनले दर्जनौ अन्य पार्टीबाट राप्रपा प्रबेस गर्नेहरुलाई सदस्यता रसिद दिएर राप्रपा प्रवेश गराएका छन् । केहीदिन अगाडीमात्र नेता लिंदेन भारती मतका साथ राप्रपाको अध्यक्ष्ँमा निर्बाचित भएका थिए ।
अध्यक्ष लिँदेनले राप्रपा प्रवेश गराएपछि सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी कार्यालयमा उपस्थित भएर विभिन्न दल परित्याग गर्दै राप्रपाको सदस्यता लिने क्रम तीब्ररूपमा बढिरहेको छ, नवप्रवेशी सबैलाई स्वागत गर्न पाउँदा असाध्यै हर्षित छु।’